संक्षिप्त विवरण

बाह्रविसे सिन्धुपाल्चाेकका तीन र मुलुकका २७६ मध्य एक नगरपालिका हाे । सिन्धुपाल्चाेकमा मात्रै १२ स्थानिय तह छन् ।पूर्वमा दाेलखा जिल्ला पश्चिममा सिन्धुपाल्चाेककै जुगल गाउँपालिका सँग सीमा जाेडीएकाे यस नगरकाे उत्तरमा भाेटेकाेशी गाउँपालिका र दक्षिणमा त्रिपुरासुन्दरी तथा बलेफी गाउँपालिका पर्दछन् । अनेकाै थली थुम्की पहाड र चुचुराहरू रहेकाे याे नगर हिमाली नगरपालिकाकाे मपदण्ड अनुसार नगरपालिका भएकाे हाे ।नेपाल चीन स्थलगत मार्ग जाेडिने अरनिकाे राजमार्ग र दुवै तफ फैलिएकाे वडाहरूकाे फेदिमा रहेकाे भाेटेकाेशी नदी यसकाे प्रकृातिक पहिचान हाे ।तिब्बत नेपालका विभिन्न कालखण्डका सम्वन्धहरू सँग यसकाे अनेकाै एतिहासिकता जाेडिएकाे छ । समुन्द्र सतहदेखी ५०० मिटर देखी ४००० मिटर सम्मकाे उचार्इ भएकाे भु-वनाेट रहेकाे यस नगरपालिकाकाे जनसंख्या २६५३५ र क्षेत्रफल १३४.८ वर्ग कि.मि रहेकाे छ । नगरपालिकाकाे भवन रहेकाे बाह्रविसे बजारकाे रूपमा परिचित छ । भने यस बजारमा पूर्ख्याैलि नेवार जातीकाे बाहुल्यता रहेकाे छ । तर समग्र नगरपालिकाकाे जनसंख्यामा भने तामाङ जातीकाे जनसंख्या अघि देखिन्छ । ब्राम्हणा, क्षेत्री, तामाङ, शेर्पा, गुरूङ लगाएत अनेकाै जातजाती र भाषाभाषिहरू यहाँ रहेका छन् भने थामी समुदाय यस नगरकाे आदिवाशी लाेपाेन्मुख जनजाती अन्तर्गत पर्दछन।

आधारभूत जानकारी
Bagmati
Sindhupalchok
नगरपालिका
134.80 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 24109
Male 12020
Female 12089
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2073-04-01
Website https://barhabisemun.gov.np/

Coordinates: 27.793854° N, 85.897505° E